नेपाली सेनालाई विपद् व्यवस्थापनको सामाग्री धुलिखेलनगर द्वारा हस्तान्तरण
धुलिखेल । धुलिखेल नगरपालिकाले जिल्ला विपद् व्यवस्थापन समिति मार्फत नेपाली सेनालाई उद्दारमा सामाग्री हस्तान्तरण गरेको छ । विपद्को बेलामा अत्यावश्यक पर्ने ८ लाख मुल्य बराबरको १९ प्रकारका विभिन्न सामाग्री पहिलो चरणमा विष्णुदल गण धुलिखेललाई नगरपालिकाले हस्तान्तरण गरेको होे ।
जस्तोसुकै विपद्को समयमा उद्दारमा सहयोग होस भन्ने उद्देश्य र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन
सेनालाई ती सामग्री हस्तान्तरण गरिएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।
विपद्को बेला खोज तथा उद्धार कार्यमा संलग्न हुँदा सुरक्षाकर्मीलाई सामग्रीहरुको अभाव भएपछि नगरपालिकाले उद्दार सामाग्री खरिद गरेको हो । नगरपालिकाले दोस्रो चरणमा पनि उद्दार सामाग्री खरिद गरि सेनालाई हस्तान्तरण गर्ने धुलिखेल नगर प्रमुख ब्याञ्जुले बताउनुभयो ।
प्रकाशित मिति: ८ साउन २०७७, बिहीवार १९:३२ बजे