धुलिखेल नगरपालिका द्वारा सेवा निबृत्त शिक्षकहरुको सम्मान

धुलिखेल । धुलिखेल नगरपालिकाले विभिन्न बिद्यालयका १० जना शिक्षक/ शिक्षिकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल नगरपालिकाले विभिन्न बिद्यालयका शिक्षक/ शिक्षिकाहरुलाई नगरपालिकाबाट विशेष आर्थिक १ लाख देखि १ लाख ७५ हजार सम्मको पुरस्कार सहित सेवा निबृत्त भएका लाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सेवा निबृत्त भएका शिक्षक/ शिक्षिकाहरुलाई नगर प्रमुख अशोक ब्याञ्जुले सम्मान गर्नुभयो । सम्मान कार्यक्रम नगरपालिका भित्र रहेको विभिन्न बिद्यालयका १० जना सेवा निबृत्त भएका शिक्षक/ शिक्षिकाहरुलाई गरेको थियो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले हालसम्म बालबालिकाको उज्ज्वल भविष्य बनाउन शिक्षक/ शिक्षिकाहरुले खेल्नु भएको योगदानको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २६ कात्तिक २०७७, बुधवार २२:२६ बजे