मलेसियाविरूद्ध नेपालकाे नाै विकेटकाे शानदार जीत

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै नेपालले शानदार जीत हात पारेको हो ।
प्रकाशित मिति: ६ वैशाख २०७८, सोमवार २१:०१ बजे