६ चैत २०८१, बुधवार

विद्यार्थीलाई धुलिखेल नगरपालिकाले पहिलो डोज एस्ट्राजेनेका खोप लगाउने

धुलिखेल । धुलिखेल नगरपालिकाले भोली एस्ट्राजेनेका खोपको पहिलो डोज लगाउने भएको छ । नगरपालिकाको ९ वटा स्वास्थ्य संस्था मार्फत एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

त्रिभूवन विश्वविद्यालयको परीक्षा दिने विद्यार्थी, शिक्षक र विदेशी जानेहरूले एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइन पाउने छन् । त्यस्तै यसअघि खोप लगाउन छुटेका निजामती तथा संघसंस्थाका कर्मचारी, दीर्घ रोगी, अपाङ्ग भएका ब्यक्तिहरू समेत पहिलो डोज लगाउन पाउने स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

११ बजेदेखि ३ बजेसम्म खोप लगाउन पाईनेछ । परिचय खुल्ने नेपाल सरकारले जारी गरेका कुनै पनि पत्र लिएर खोप केन्द्रमा जानु पर्ने छ ।

प्रकाशित मिति: ३२ साउन २०७८, सोमवार २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु