२० वैशाख २०८२, शुक्रवार

अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई पोलियो खोप दिईने

काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपाली नागरिकलाई पोलियो खोप दिने भएको छ । हालसम्म अफगानिस्तानबाट उद्धार गरी ल्याएका ५०४ जना नेपाली नागरिकलाई पोलियो खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा.झलक गौतमले अफगानिस्तानबाट उद्धार गरी ल्याएको नेपालीलाई सोमबारबाट खोप दिन लागेको बताउनुभयो ।
उहाँले विश्व स्वास्थ्य सङ्गठनअन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिस आएपछि अफगानिस्तानबाट उद्धार गरिएको नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको बताउनुभयो । साथै अबका दिनमा अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नागरिकलाई विमानस्थलमै खोप दिने व्यवस्था मिलाएको पनि उहाँले बताउनुभयो ।
‘खोप शुरु हुनुभन्दा अगाडि नेपाल आइपुगेका नागरिक जो आफ्नो घर फर्किसक्नुभएको छ उहाँहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप लिनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘यसका लागि खोप केन्द्रलाई खोप दिनु भनेर पत्राचार गरिसकेको छ ।’
अफगानिस्तानमा पोलियोको सङ्क्रमण भएकाले त्यहाँबाट फर्किएका नेपालीलाई खोप दिने निर्णय भएको प्रमुख डा. झलक गौतमले बताउनुभयो ।

प्रकाशित मिति: ७ भदौ २०७८, सोमवार २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु