धुलिखेल नगरपालिका वडा नं २ मा नेकपाको पक्षमा ९० प्रतिशत भोट खस्ने दाबी

धुलिखेल ।आगामी मङ्सिर १४ गते हुन लागि रहेको उपनिर्वाचनमा देश भरी बाटै नेकपाको पक्षमा जनलहर छाइ रहेको अवस्थामा धुलिखेल नगरपालिका वडा नं २ मा वडा अध्यक्ष पदको लागि हुने निर्वाचनमा कुल मतदाता संख्या मध्य बाट करिब ९० प्रतिशत भोट नेकपा को पक्षमा खस्ने दाबी गर्दै स्थानीय नेकपाका एक नेताले नेपाललय न्युज लाई बताउनु भएको छ ।
नेकपाको बर्चस्व रहेको उक्त वडामा कुल मतदता– १८७७ पुरुष ९२८ र महिला ९४९ रहेका छन् भने नेकपाको तर्फबाट जन प्रिय नेता देवप्रसाद कोईराला चुनावी मैदानमा हुनु हुन्छ भने नेपाली कांग्रेसबाट दणबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ। २०७४ को स्थानीय निर्वाचनमा मतदाता १६४९, खसेको मत १४०२, सदर मत १३४४ बदर मत ५८ नेकपा एमाले ८३६, एनेकपा माओवादी २४८, नेका २६० रहेको थियो ।।
उपनिर्वाचन नजिकिए संगै धुलिखेल वडा नं २ मा निर्वाचन लक्ष्यित घरदैलो कोण सभा लगायत विभिन्न कार्यक्रमहरु भै रहेका छन् ।
प्रकाशित मिति: ४ मंसिर २०७६, बुधवार ०५:०० बजे