२६ वैशाख २०८२, बिहीवार

मन्त्रिपरिषद् पुनर्गठन,नामावली सहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मन्त्री परिषद् पुनर्गठन गर्नु भएकाे छ । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालयमा नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री भएका छन् । भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ ।यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । 

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी ,पार्वत गुरुङ र माेती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् । जसमा नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय ,भुसाल कृषिमन्त्री, र हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन । यस्तै लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री श्रममन्त्री रामेश्वर राय यादव र उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री भएका छन् ।

हेर्नुस् आधिकारिक नामावली 

 

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधवार २३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु