६ चैत २०८१, बुधवार

धुलिखेलको ७ वटा वडा नै एकै पटक बालमैत्री घोषणा हुँदै

धुलिखेल । धुलिखेल नगरपालिकाले चालु आर्थिक वर्ष भित्रै ७ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ । गत आर्थिक वर्षमा वडा नम्वर १० लाई नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको थियो ।

धुलिखेल नगरपालिकाले वडा नम्वर २,३,४,५,६,७ र ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । ‘विकास भौतिक पुर्वाधार मात्रै नभई समुन्नत राष्ट्र निर्माणका लागि बालमैत्री ब्यवहार आवश्यक छ –नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘नगरका सबै योजनाहरुको छनौट र कार्यान्वयन बालमैत्री हुनेछन् ।’ नगरपालिका भित्र बाल सहभागिता,बाल बिकास,बाल संरक्षण र सस्थागत बिकास सम्वन्धि सूचकहरु पुरा हुँदै गएकाले चालु वर्षमा ७ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने र आगामी वर्षमा बाँकी रहेका सबै वडाहरु बालमैत्री वडा घोषणा गर्ने तयारी रहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहीवार २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु