२१ असोज २०८१, सोमवार

धुलिखेल नगरमा तीन वर्षमा ३६ कि.मि सडक निर्माण

धुलिखेल । धुलिखेल नगरपालिकामा जनप्रतिनिधिको निर्वाचित भएर आएको तीन वर्षमा ३६ कि.मि सडक सडक निर्माण भइसकेको छ । छोटो समयमा धुलिखेल नगरपालिकामा विकास निमार्णले राम्रो गति लिरहेको छ । बाटो, खानेपानि,शिक्षा,स्वास्थ्य ,पर्यटन क्षत्रको विकासको पार्क लगायतका विभिन्न काम भएका छन् । यसैको निरन्तारता दिदै धुलिखेल नगरपालिका १२ शंखुमा ३ करोड लागतमा ६ सय मिटर सडक पिच हुन लागेको छ । आज एक कार्यक्रका बिच प्रदेश सांसद चन्द्र लामा र धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक कुमार व्याञ्जुले धुलिखेल नगरपालिका १२ शंखुमा ३ करोड लागतमा निर्माण हुन लागेको सडकको शिलान्यास गरेका छन् ।

धुलिखेल नगरपालिकाको पहलमा प्रदेश सरकारको ३ करोड आर्थिक सहयोगमा उक्त सडक निमर्माण हुनेछ । ग्वार्काे(लाकुरी भञ्ज्याङ् (पनौती (दाहालटार शन्खु(एक्लेखेत(पिपल्टार(चौकि डाडा सडक अन्तर्गत ३ करोड लागत को धुलिखेल नगरपालिका वडा न १२ शन्खु खन्ड को कालोपत्रे सहित को सडक निर्माण समपन्न हुनेछ ।
उक्त सडक ११ मिटर चौडाईको बन्नेछ । ठेकेदार माफत निर्माण हुने उक्त सडक यसै आर्थिक वर्षभित्र निर्माण सकिने छ ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिवार २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु