६ चैत २०८१, बुधवार

क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने

काठमाण्डाै – आसन्न एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएको छ । गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल ल्याउने लागेको हो ।
वेस्ट इण्डिजका विस्फाेटक ब्याट्सम्यान क्रिस गेल ईपीएलका लागि नेपाल आउने पक्का भएपछि भिडियाेमार्फत आफ्नाे टिमलाई समर्थन गर्न आह्वान गरेका छन् ।
एभरेष्ट प्रिमियर लिगकाे आधिकारिक ट्विटर ह्याण्डलमा राखिएकाे भिडियाेमा उनले नेपालकाे सबैभन्दा ठूलाे क्रिकेट प्रतियाेगिता एभरेष्ट प्रिमियर लिगका लागि आफू नेपाल आउन लागेकाे र याे बसाइ राेमाञ्चक हुने आशय व्यक्त गरेका छन् ।

लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ । उनी पोखराको आइकनिक खेलाडीसमेत रहेका छन् । ईपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएको टिमका मालिक दिपा अग्रवालले बताउनुभयाे । उनलाई नेपाल ल्याउनका लागि ६ महिना मेहेनत गरेको टिमको भनाइ छ ।

गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताउनुभयाे ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।eplt20official

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रवार २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु