२ माघ २०८१, बुधवार

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दिया । बर्दिया राजापुर नगरपालिका–१० भगतपुर बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्केने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी नेपालको दश गजाभित्र भगतपुर बस्ने ४९ वर्षका लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट सोही स्थान निवासी वर्ष २९ की उमा चौधरी घाइते हुँदा उहाँको उपचारका लागि नेपालगञ्ज पठाइएको राजापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतवार २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु