धुलिखेल : ११ पात्लेखेतमा मञ्जुश्रीको मुर्ती सहितको पार्क ,शिलान्यास
धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्लेखेतको कुईकेल थुम्कामा मञ्जुश्रीको मुर्ती सहितको पार्क शिलान्यास गरिएको छ । आज धुलिखेल नगरपालिकाको प्रमुख अशोक कुमार ब्याञ्जुले पार्कको आज एक कार्यक्रमको बीच शिलान्यास गर्नुभएको हो ।
दुई वर्षभित्र पार्क निर्माण पुरा भइसक्ने वडाअध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । ९ करोड लागतमा मञ्जुश्रीको मुर्ती र पार्क सहित ध्यान केन्द्र निर्माण हुनेछ । यो वर्ष नगरपालिकाको १० लाख रुपैयाँ विनियोजन भएको छ ।
साथै मुर्ती र पार्क निर्माणका लागि आजै नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का निर्माण ब्यवसायी हरि तामाङले २५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । लगानी जुटाउन नगरपालिकाले पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) राष्ट्रिय योजना आयोगमा पठाइसकेको छ ।
प्रकाशित मिति: १८ माघ २०७६, शनिवार २१:५९ बजे