६ फागुन २०८१, मंगलवार

थप ३४३९ जना कोरोना सङ्क्रमितसहित ९४ हजार २५३ पुग्याे

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३४ सय ३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को साे सङ्क्रमितसहित ९४ हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम र संस्थागत अाइसाेलेसनमा बसेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा १५ जनाकाे काेराेना भाइरसका कारणले मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल ५७८ जनाकाे मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

प्रकाशित मिति: २१ असोज २०७७, बुधवार १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु