नगर प्रमुख अशोक ब्याञ्जुको नाममा नक्कली फेसबुक आइडी

धुलिखेल । धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघको अध्यक्ष अशोक कुमार ब्याञ्जुको आफ्नो नाममा नक्कली फेसबुक आइडी खोलेर असुली धन्दा चलाएको खुलेको छ ।
आफ्नो नामको नक्कली फेसबुक बनाएर विभिन्न ब्यक्तिलाई म्यासेज गरेर पैसा माग्ने गरेको भन्दै सचेत रहन प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । प्रमुख ब्याञ्जुले आफ्नो प्रतिष्ठा माथि आच पुर्याउने उद्देश्यले गरिएको यस्ता किसिमका भ्रममा नपर्न सबै आग्रह गर्नुभएको छ ।
‘मेरो नामको यस्तो नक्कली फेसबुक एकाउन्ट खोलेर विभिन्न मानिसहरु सङ्ग म्यासेज गरि पैसा मागेकोले त्यस लाई बिस्वास नगरि दिन अनुरोध गर्दछु। र तपसिलको फसबुक बाट सचेत भै त्यस बाट गरिएको अनुरोध स्वीकार नगर्न र म्यासेज को कुरा आधिकारिक नमान्नु होला भनी म सबैमा अनुरोध गर्दछु ।’भन्ने कुरा उहाँले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: ३० चैत २०७७, सोमवार २२:१३ बजे