२० वैशाख २०८२, शुक्रवार

धुलिखेल नगरपालिकाले महिलालाई प्लाष्टिक टनेल र सिलाई मेशिन वितरण गर्यो

धुलिखेल । धुलिखेल नगरपालिकाले नगरभित्रका किसानहरुलाई र महिलालाई प्लाष्टिक टनेल र सिलाई मेशिन वितरण गरिएको छ । धुलिखेल नगरपालिकाले गठन गरेको महिला परिषद्ले खरिद गरिएको प्लाष्टिक टनेल र सिलाई मेशिन नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले वितरण गर्नु भएको हो ।

नगरपालिकाभित्रका ३६ जनालाई सिलाई मेशिन र १२५ जनालाई प्लाष्टिक टनेल नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले वितरण गर्नु भएको हो ।

कार्यक्रममा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले स्थानीय जनतालाई रोजगारी गराउने गरी विगतका बर्षदेखि नै काम गर्दै आएको बताउनुभयो । ठाउँ अनुसार रोजगार सिर्जना गरी गरिबी निवारणका लागि नगरपालिकाले विभिन्न काम गरेको भन्दै उहाँले ज्ञान र सीपलाई आम्दानीमा रूपान्तरण गर्नु पर्नेमा जोड दिनुभयो । नगरबासी आर्थिकरूपमा सक्षम भएमात्रै नगरपालिका बलियो हुने भएकाले त्यहि अनुसारको काममा आफु दृढ विश्वासका साथ लागिपरेको बताउनुभयो । ‘ आफुले गर्न खोजेको काम आफ्नो वडाका जनप्रतिनिधिलाई भन्नुस्, हामी तपाईहरूलाई सहयोग गर्न तत्पर छौ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ‘हामी देशकै नमूना नगरपालिका बनाउने तयारीमा छौ, यसका लागि तपाई नगरबासीको साथ र सहयोग आवश्यक छ ।’

थोरै जमिनमा धेरै आम्दानी गर्ने गरी कृषिमा नगरपालिकाले आधुनिक औजार वितरण गर्दै आएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

नगरपालिकाले धेरै दिदीबहिनीलाई सिलाईको तालिम दिईसकेको भन्दै उपप्रमुख बिमला शर्माले सिकेको सिपलाई ब्यवहार उतार्न सबैलाई आग्रह गर्नुभयो । उहाँले कृषिमा आधुनिकताका ल्याउन मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । हिँसा न्यूनिकरण गर्न समेत आर्थिक पाटोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको उहाँको भनाई छ ।

अघिल्लो बर्ष लकडाउनका कारण वितरण गर्न नसकिएको प्लाष्टिक टनेल र सिलाई मेशिन यो बर्ष वितरण गरिएको वडा नम्बर ११ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक विष्णु धितालले जानकारी दिनुभयो । वडाध्यक्ष धितालले आफुले प्राप्त गरेको सामग्री सहि तवरले सदुपयोग गरि जीविकोपार्जनमा सुधार गर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति: ५ वैशाख २०७८, आइतवार १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु