६ चैत २०८१, बुधवार

बनेपा नगरपालीकाको सबैको आँखाको मोतिबिन्दु अप्रेशन निःशुल्क हुने

काभ्रेपलाञ्चोक । बनेपा नगरबासीको आँखाको मोतियाविन्दुको अप्रेशन अब नि:शुल्क हुने भएको छ । नि:शुल्क अप्रेशन सम्बन्धित दुई पक्षीय सम्झौता समेत आज भएको छ ।

बनेपा नगरपालिका र रेयुकाइ एइको मासुनागा आखाँ अस्पताल बीच निःशुल्क अप्रेशन गर्ने सम्बन्धी सम्झाैता पत्र आदान प्रदान भएको हो । रेयुकाइ एइको मासुनागा आखाँ अस्पतालले काभ्रे सहित बिभिन्न स्थानीय तहहरूले सम्झौता गरेर आँखाको उपचार गर्दै आएको छ ।

नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र अस्पतालको तर्फबाट अस्पतालका महासचिव हिरामणि शर्माले सम्झौता पत्र आदान प्रदान गर्नुभएको हो ।

प्रकाशित मिति: ११ भदौ २०७८, शुक्रवार १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु