२० वैशाख २०८२, शुक्रवार

काभ्रेपलाञ्चोकका १३ वटै तहका मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

निर्वाचन आयोगले काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहहरुमा वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि पठाएको मतपत्रसहित अन्य निर्वाचन सामग्रीहरु  धुलिखेल आइपुगि सकेको छ ।

नेपाली सेनाको कालीजंग गण ब्यारेकमा ती सामग्रीहरु भण्डारण गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रका लागि कर्मचारीहरुको खटनपटन र प्रशिक्षणपश्चात तह र मतदान केन्द्र अनुसार ती सामग्रीहरु पठाउने बुझिएको छ ।

४९ जिल्लामा मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं. १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।

वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने आयोगको भनाई छ ।

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरूमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको छ ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।

हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति: २२ वैशाख २०७९, बिहीवार ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु