अनेरस्ववियु धुलिखेल क्याम्पस कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

धुलिखेल, काभ्रे । अनेरास्ववियु धुलिखेल क्याम्पस कमिटीद्वारा बिजया दशमीको सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । अनेरस्ववियु धुलिखेल क्याम्पस कमिटि अध्यक्ष स्वस्तिका पराजुलीको सभापतित्व रहेको कार्यक्रम अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य हरिश चन्द्र घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सुभकामना मन्तब्य व्यक्त गर्दै क्याम्पस प्रमुख सागर तिवारीले कार्यक्रम आयोजना गर्नु भएकोमा अनेरास्ववियु धुलिखेल क्याम्पस कमिटीलाई बधाई दिदै भन्नुभयो “आउदै गरेको बिजया दशमी शब्य र भब्यताका साथ मनाउदैं आफ्नो धर्म र संस्कृति जोगाउनका निम्ति बिधार्थीहरुले ठुलो भूमिका निर्वाह गर्नुपर्ने छ । हाल दशैँ र चाडपर्बको नाममा बिकृतिहरु फैलिदै गएको ठाउमा त्यस बिकृति हटाउदै सम्पूर्ण धर्मवलम्बीहरु मिलेर समान रुपमा दशैँ मनाउन अनुरोध गर्नु गर्दछु ।”
कार्यक्रममा मन्तब्य राख्दै अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य हरिश चन्द्र घिमिरेले बिजया दशमीको शुभकामना दिदै अनेरास्ववियुले बिद्यार्थीको शिक्षाको लागि मात्र नभई बिद्यार्थीहरुका प्रतिभाहरुलाइ प्रस्फुटनको अवसर पनि सिर्जना गर्दै र दिदै जाने कुरा बताउनु भयो ।
साथै कोभिड-१९ का कारण लामो समय पठन पाठन ठप्प भएकाले त्यसलाई सुधार गर्दै बिद्यार्थीको पठन पाठनलाइ निरन्तरता दिने कुरामा बिस्वस्त रहन क्याम्पस प्रमुखले आग्रह गर्नु भयो । कार्यक्रम शुभकामना मन्तब्य राख्दै अनेरस्ववियु धुलिखेल नगर कमिटि सचिब सुबोध धिमालले अनेरास्ववियु धुलिखेलले बिद्यार्थीको गुणस्तरीय शिक्षा, स्वास्थ्यको क्षेत्रमा अग्रपन्तीमा काम गर्दै बिद्यार्थीका समस्या हल गर्दै आएको र हाल देखिएको बिधार्थी र जेष्ठ नागरिकलाइ यातायातका भाडा छुट नभएको बिषयमा छिट्टै नै सम्बन्धित निकायमा ध्यानक्रषण गराउदै समस्या हल गर्न अनेरास्ववियु लागी पर्ने बताउनु भयो ।
कार्यक्रममा अनेरस्ववियु जिल्ला कमिटि सचिवालय सदस्य तथा धुलिखेल नगर कमिटि इन्चार्ज मिलन कुमार गौतम, अनेरस्ववियु जिल्ला कमिटि सचिवालय सदस्य दिपेश तिमल्सिना, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी, अनेरस्ववियु धुलिखेल नगर कमिटिका बरिष्ठ उपाध्यक्ष सुनिल हुमागाई, सचिब सुबोध धिमाल लगायतका व्यक्तित्वको आतिथ्यता रहेको थियो साथै अनेरास्ववियु धुलिखेल क्याम्पस कमिटि तथा २०० भन्दा बिद्यार्थीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २० असोज २०७८, बुधवार १९:४९ बजे