६ चैत २०८१, बुधवार

अनेरास्ववियु धुलिखेल नगरकमिटिको पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


अनेरास्ववियु धुलिखेल नगरकमिटीकाे प्रथम पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आज धुलिखेलमा भएको प्रथम पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमको नेकपा एमालेको जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले उदघाटन गर्नुभएको थियो । अध्यक्ष ब्याञ्जुले विद्यार्थी राजनीतिले देशमा पारेको प्रभाव, विद्यार्थी आन्दोलनको विगत, वर्तमान र भविष्य, देश विकासमा विद्यार्थीले लेख्दै आएको भुमिका, नेपाली राजनीतिमा विद्यालय तहको राजनीतिक सिकाई र राजनीतिक नेतृत्व विकासका बारे चर्चा गर्नुभएको थियो ।


अनेरास्ववियु धुलिखेल नगर कमिटीका अध्यक्ष प्रभुराम धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा चौलागाईँ,अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हरिषचन्द घिमिरे ,सुन्दर लामा ,उप्रेन्द शर्मा, अनेरास्ववियुका पुर्व नेता एवं धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विष्णु काभ्रेली, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य मिलन कुमार गाैतम, अनेरास्ववियु जिल्ला सदस्य दिपेश तिमल्सिना लगायतले विद्यार्थीले गर्दै आएको काम र आगामी दिनमा गर्ने योजनामा आ-आफ्नो भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति: २१ असोज २०७८, बिहीवार २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु