१७ माघ २०७९, मंगलवार

म र मेरा भित्ताहरु

सन्दीप के.सी.
पनौती -५,काभ्रे

यो भितो !
भित्ताका रङ्गहरु,
अनि यसको बुढ्यौलीसंग,
मेरो जिन्दगीको पुरानो दोस्ती छ।
म कहिले यो भित्तो हेरेर थाकेको छैन।।

अनायास आज!
म भित्तोको क्यलेन्डर हेर्छु,
मेरो आजै चलिसौं जन्म दिवस,
मैले टोलाएको र देखेको यो पुरानो भित्तो।
म भन्दा अझै बढी जिर्ण बन्दै अनुहार चाउरी पार्छ।

हो सच्चै मैले!
यहि भित्ताको सहारामा,
यहि भित्तो समातेर हिंडन सिकें,
ताते ताते सिकायो मलाई यहि भित्ताले ।
जीवन बुझायो र जिउँन सिकायो वा विवस बनायो।

तर आजसम्म!
यो भित्तो मेरो हुन सकेन,
म यो भित्तोको भै रहे सधै सधैं,
हरेक साँझ म यहि भित्तो खोज्दै आउँछु।
घरधनी हरेक महिना मलाई खोज्दै आई पुग्छ्न।

घरबेटी नराम्रा हैन!
म आफै नराम्रो वा यो भित्तो,
न म उसको बने न उ मेरो बन्न सक्यो,
मेरो लागि उ मोति भन्दा ज्यादा किमती बन्यो ।
म उसलाई आफ्नो नबनाउने धोकेबाज बनें, बनिरहेंं ।

प्रकाशित मिति: २३ भदौ २०७८, बुधवार ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु