फुर्सदको चिन्तन : अध्यात्म र बिज्ञान
अध्यात्म बिज्ञान (Spiritual science) र स्वास्थ्य

मानिसको मन। उफ ! यो अबर्णित, अकल्पनिय, अदम्य, अत्यन्त चञ्चल र अदृश्य छ। थाहा छैन मानिसको मन र चेतना कस्तो छ। मानिसमा भएको मस्तिश्क शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा विज्ञान नै अनविज्ञ छ । यसको चिन्तन अध्यात्मले गर्दछ। त्यसो हो भने अध्यात्म के हो भन्ने चिन्तन गर्न जरुरी देखिन्छ । वास्तवमा आत्मको अध्ययन नै आध्यात्म हो । अर्थात अनुभतीका वर्णन नै अध्यात्म हो । त्यसलाई आत्मको अध्ययन र अन्तर वैयक्तिक बुझाईको निचोड मानिन्छ। बिभिन्न दर्शनशास्त्रीहरुले बिज्ञानको बिज्ञान नै आध्यात्मिक विज्ञान हो भनेको पाइन्छ । अर्थात यसलाई स्टडी अफ कन्ससनेस भन्दछन् ।
आध्यात्मका अनुसार गर्वमा रहेको बालकले सात महिना देखि मेडिटेशन अर्थात ध्यान गरेको हुन्छ। त्यसैले उसको दाहिने ब्रेन एक्टिभ हुन्छ । तर जव जन्मन्छ उसको मेडीटेसन बन्द हुन्छ अनि बिस्तारै दायाँ मस्तिस्कले काम गर्न छोड्छ। त्यसैले त मानिसले आफ्नो मस्तिस्कको अत्यन्त कम मात्र प्रयोग गरेको हुन्छ ।
अल्बर्ट आइनस्टान भन्छन्- विना आध्यात्मको विज्ञान अन्धो छ र विज्ञान विनाको आध्यात्म लंगडो छ । वास्तवमा गहन अध्ययन गरेर हेर्दा आध्यात्ममा मनलाई नियन्त्रण गर्ने र चेतनाको अनुभती गर्ने सुत्र छ। अध्यात्मको देख्न सक्ने नेत्रलाई वेदमा दिव्यनेत्र भनिन्छ भने बाईबलमा डिभाइन लाईट भन्दछन् ।
अल्बर्ट आइनस्टान भन्छन्- विना आध्यात्मको विज्ञान अन्धो छ र विज्ञान विनाको आध्यात्म लंगडो छ । वास्तवमा गहन अध्ययन गरेर हेर्दा आध्यात्ममा मनलाई नियन्त्रण गर्ने र चेतनाको अनुभती गर्ने सुत्र छ। अध्यात्मको देख्न सक्ने नेत्रलाई वेदमा दिव्यनेत्र भनिन्छ भने बाईबलमा डिभाइन लाईट भन्दछन् ।
त्यसैले आत्म, मन र बुद्धिको विज्ञान नै आध्यात्म विज्ञान हो । मनको विज्ञान छुटै छ, यहि मनलाई बुझ्न नसक्दा मानसिक रोगहरु जस्तो चिन्ता, तनाव, फ्रस्ट्रेरेशन, डिप्रेसन, मानसिक असन्तुलन तथा आत्महत्या बढि रहेको छ। अशान्तिहरुबाट मुक्त हुनको लागि विशिष्ट ब्यक्तिहरु देखि र्सवसाधरण मानिसहरु आध्यात्म चिन्तनमा लिप्त हुन पुगेका छन्। मानशिक अशान्त भएर छट्पटाई रहेका मानिसहरु शान्ति प्राप्तिको लागि, शान्तिमय जीवनयापन गर्नको लागि आध्यात्म चिन्तन,ज्ञान र ध्यानमा मुक्तिको बाटो खोजिरहेका छन् । कतिपय मानिसहरु ध्यान गरेर नै मस्तिष्कमा, मनमा, विचारमा,आत्मामा भएका बिकारयुक्त कुराहरुलाई फाल्ने गर्दछन् । त्यसैले स्वस्थ जीवनको आधारशिला भनेको आध्यात्मको चिन्तन हो ।
प्रकाशित मिति: २६ असोज २०७८, मंगलवार ११:४६ बजे