धुलिखेल नगरपालिकामा सुर्योदय पार्क उत्घाटन

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर ८ मा सुर्योदय पार्क नगरप्रमुख तथा नेपाल नगरपालिका संघको अध्यक्ष अशोक ब्यान्जुले उत्घाटन गर्नुभएको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर ८ मा निर्माण गरिएको छ ।
धुलिखेल बजार बाट भट्टेडाँडा हुदैं बिपि राजमार्ग छुने बाटोमा निर्माण गरिएको पार्कको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले उदघाटन गर्नुभएको हो ।
सुर्योदय पार्क निर्माण ९ लाख लागतमा भएको छ । धुलिखेल नगरपालिकामा हालसम्म ५३ वटा पार्क निर्माण भइसकेको छ ।
सुर्योदय पार्क उत्घाटन कार्यक्रममा उपप्रमुख बिमला शर्मा, वडाध्यक्ष निराजन जंगम लगायतका जनप्रतिनिधि तथा स्थानीय सहयोग थियो । पार्कको उदघाटन गर्दै नगरप्रमुख ब्याञ्जुले पार्कको संरक्षण गर्न स्थानीय उपभोक्तालाई आग्रह गर्नुभयो । पार्कको उदघाटन गर्दै नगरप्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकाले सबै क्षेत्रमा समावेशी रुपमा विकास गरेको बताउनुभयो ।
प्रकाशित मिति: १८ फागुन २०७८, बुधवार १७:२२ बजे