८ चैत २०८१, शुक्रवार

सांसद चन्द्र लामाको बाचा पूरा, खोपासी–तालढुंगामा बस सञ्चालन

 बनेपा । निर्वाचनमा भोट माग्दा खोपासी तालढुंगा सडक निर्माण पूरा गर्ने र बस सञ्चालन गर्ने प्रदेश सांसद चन्द्रलामाको प्रतिबद्धता पूरा भएको छ । लामो समयसम्मको प्रयासपछि बुधबारबाट खोपासी–ताल्ढुंगा सडकमा बस सञ्चालनमा आएपछि सांसद लामाको बाचा पूरा भएको स्थानीय बताउँछन् ।

निर्वाचनको प्रचार प्रसारमा खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुंगामा पुगेर चुनावी सभालाई सम्बोधन गर्दै सांसद लामाले खोपासी–ताल्ढुंगा सडकमा कुनै पनि हालतमा बस सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘खोपासी–ताल्ढुंगा सडकमा कुनै पनि हालतमा बस सञ्चालन गर्छौ, यदि बस सञ्चालन भएन भने अर्कोपटक म भोट माग्नै आउँदिन ।’ सांसद लामाले डाँडापारिबासीलाई बाचा दिएका थिए ।
निर्वाचित भएसँगै उनले भएदेखि खोपासी ताल्ढुंगा सडकमा विनियोजन गर्ने क्रममा उनले ३ करोड रुपियाँ बजेट विनियोजन गरेका थिए भने चालु आर्थिक वर्षका लागि ४ करोड विनियोजन गरेका छन् ।
वर्षातका कारण सडक अवरुद्ध हुँदा खुलाउनका लागि उनले जिल्ला समन्वय समिति काभ्रेमार्फत् २७ लाख बजेट विनियोजन गर्न भूमिका निर्वाह गरेका थिए ।
यो सडकखण्डमा बस सञ्चालनमा आएसँग डाँडापारिबासी हर्षित् बनेका छन् । ‘सडक खन्न शूरु गरेको धेरै वर्ष वितेको छ । यो अवस्थालाई हेर्दा त बस आउँला जस्तो लागेको थिएन ।’ स्थानीय इन्द्रबहादुर जिम्बाले भने, ‘अब चाहिं हामी खुशी छौं । निरन्तरता हुन्छ होला भन्नेमा पनि विश्वास छ । माननीय चन्द्र लामालाई धन्यवाद दिनचाहन्छु ।’ खोपासीदेखि तालढुंगा करिब ६५ कि.मि. को दूरीमा पर्दछ ।
 खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलाल पनि यो सडकखण्डमा बस सञ्चालन भएपछि खुशी भएकाछन् । उनले सडकलाई व्यवस्थित बनाई बर्षभरि यातायात सूचारु गर्नसक्ने बनाउने बताए । ‘सडकलाई व्यवस्थित बनाउने जिम्मा अब गाउँपालिकाको काँधमा आएको छ । आज बास्तवमा हामी सबैको सपना पूरा भएको छ ।’ उनले भने, ‘अब सडकलाई व्यवस्थित बनाएर वर्षैभरी बस चलाउन हुन सक्ने वातावरण बनाउँछौं ।’

प्रकाशित मिति: १५ कात्तिक २०७६, शुक्रवार १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु