धरान उपमहानगरपालिका र धुलिखेल नगरपालिका बिच भगिनि सम्बन्ध
धरान । धुलिखेल नगरपालिका र धरानउपमहानगरपालिका बिच भगिनी सम्बन्ध MOU मा एक कार्यक्रमका बिच दुवै नगरपालिका उपमहानगरपालिकाका प्रमुखले हस्ताक्षेर गरि सम्पन्न भयो ।धुलिखेल नगरपालिका नगर प्रमुख श्री अशाेक कुमार व्याञ्जु श्रेष्ठ तथा धरान उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख श्री मञ्जु भण्डारी (सुवेदी))बाट हस्ताक्षर भएकाे छ।
उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्याञ्जुले भगिनी सम्बन्धले दुवै नगरपालिका विच विकास निर्माण लगायतका कुराहरुमा साझेदार भई अगाडि बढ्ने छ ।शताब्दी अगाडीको पारिवारिक तथा व्यापारिक सम्बन्धलाई मूर्तरुप दिन धुलिखेल नगरपालिका र धरान उपमहानगरपालिकाबीच कृषि, व्यापार, पर्यटन, संस्कृति, शिक्षा, व्यक्तित्व विकास, पारस्परिक सम्बृद्धि, व्यवसायीक क्षमता अभिवृद्धि लगायत विविध क्षेत्रहरुमा सक्रिय तथा प्रभावकारी रुपमा सहयोग आदान-प्रदान तथा सहकार्य अभिवृद्धि गर्दै दुवै तर्फको साझा सम्मृद्धि तथा विकास प्रवर्द्धन गर्ने उद्देश्यले हस्ताक्षर भएकाे छ।
त्यस्तै उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका का.प्रमुख मञ्जु भण्डारीले आफ्नो भनाई राख्नु भयो ।
यस्तै एक कार्यक्रमका बिच धुलिखेल नगरपालिकाले धुलिखेल समाज धरानलाई रु ५ लाख सहयो स्वरुप धुलिखेल नगरका प्रमुख अशोक कुमार व्याञ्जुले सस्थामा अध्यक्ष दीपक कोजु लाई हस्तान्तरण गर्नु भयो ।
प्रकाशित मिति: १५ कात्तिक २०७६, शुक्रवार १८:०६ बजे