२० वैशाख २०८२, शुक्रवार

धुलिखेल २ रबिओपीमा २ करोड ७० लाखको लागतमा निर्माण हुने स्वस्थ्य चौकीको भवन शिलन्यास

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपिमा स्वास्थ्य चौकी भवन निर्माणकार्यको सिलान्यास नगर प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले गर्नुभयो । स्वास्थ्य शहर धुलिखेल निर्माण गर्ने अभियानअन्तर्गत एक कार्यक्रमकाबीच रविओपिमा स्वास्थ्य चौकीको भवन शिलन्यास भएको हो । धुलिखेल नगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य संस्था संचालनमा रहेको छ ।

भौतिक पुर्वाधारको विकास र मानविय विकासको सन्तुलित विकासबाट नै भोलिको समृद्ध समाज निर्माणको आधार भएको कुरालाई हृदयङ्गम गर्दै स्वस्थ शहर धुलिखेल निर्माण गर्ने अभियानअन्तर्गत नगरपालिका अगाडि बढिरहेको कुरा नगर प्रमुख अशोक व्याञ्जुले उक्त कार्यक्रममा बताउनुभयो । धुलिखेल नगरपालिका २ रविओपीमा २ करोड ७० लाखको दुई तले स्वास्थ्य चौकी भवन शिलान्यास भएको छ । उक्त स्वास्थ्य चौकी १५ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेकाे जानकारी धुलिखेल नगरपालिकाको स्वास्थ्य साखा प्रमुख सन्दिप केसीले दिनुभयो । धुलिखेल नगरपालिकाले नगरलाई स्वास्थ्यको क्षेत्रमा नमुना नगर बनाउने लक्ष्य राखेर विभिन्न वडाहरुमा नमुना कार्यक्रम सञ्चालन गरीएको जानकारी नगर उपप्रमुख बिमला शर्माले दिनुभयो ।

प्रकाशित मिति: २४ चैत २०७७, मंगलवार १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु