निर्माण ब्यबसायी काभ्रेका पुर्ब अध्यक्ष सहित विभिन्न पार्टीका नेताहरु एमालेमा प्रवेश

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको निर्माण ब्यबसायी माहासंघको पुर्ब अध्यक्ष तथा नेपाली कांग्रेसका नेता ज्ञानबहादुर लामा सहित नेपाली कांग्रेसकाको जनजाति महासङ्गको कोषाध्यक्ष ज्ञाणु लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एब पुर्ब प्रधानमन्त्री केपि ओलिले नवप्रवेशी हरुको स्वागत गर्नुभएको थियो । यस्तै नेपाली कांग्रेसकाको युवा नेता बर्गर हाउस सन्चालक कृष्ण लामा तथा नेकपा माओवादि केन्द्रका जिल्ला कमिटी सल्लाहकार माइला लामा लगाएतका व्यवसायहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो। पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष अशोक ब्यान्जुको उपाध्यक्ष चन्द्र लामा नेकपा एमाले काभ्रेका नेताहरु उपस्थित रहेको थियो ।
प्रकाशित मिति: १९ फागुन २०७८, बिहीवार १९:४० बजे